काठमाडौं ।
चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा ज्यान गुमाएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गरिएको छ। घटनाको ९ दिनपछि आज सोमबार अन्त्येष्टि गरिएको हो ।
अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको थियो । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।
त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो । त्यसपछिको झडपमा चेतनदीपको मृत्यु भएको थियो ।
नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । मंसिर ५ गतेदेखि बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ ।
यस प्रति तपाइको धारणा के छ ?