काठमाडौँ ।
मन्त्रालयको भागबन्डा मिलाउन नसकिरहेको बेला गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी अधिकारीले प्रम दाहालसँग भेट गरेका हुन् । भेटवार्ता प्रदेशको भागबन्डामा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रदेशबाट सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री अधिकारी सहयोगका लागि शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् ।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् ।
यस प्रति तपाइको धारणा के छ ?