Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्रसर उद्योगीको प्रश्न : हामीलाई रोक्ने तर, आयोजनाका नाममा मनपरी गर्ने ?

केन्द्र खबर केन्द्र खबर
अर्थ, प्रमुख समाचार
२०७९ माघ १० १५:१०
क्रसर उद्योगीको प्रश्न : हामीलाई रोक्ने तर, आयोजनाका नाममा मनपरी गर्ने ?
ShareTweetPin

पोखरा ।

गण्डकी प्रदेशका क्रसर उद्योगीहरुले आफूले नियमसम्मत उद्योग सञ्चालन गर्न नपाउने तर विभिन्न आयोजनाको नाममा जहाँपायो त्यहिँ मनलाग्दी गर्न पाइने हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । मंगलबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर गण्डकी क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले यस्तो प्रश्न गरेका हुन् ।

उनले आयोजनाका नाममा मध्य खोलामा मेशिन चलाइएको आरोप लगाए । ‘हामीलाई सरकारको नियम पालन गरेर क्रसर चलाउन दिइएको छैन,’ उनले प्रश्न गर्दै भने, ‘तर विभिन्न आयोजनाको नाममा नदी र खोलाको बीचमा मेशिन चलाइएका छन् । राजमार्गमा पानी चुहाउँदै हिडाइएका छन् । के आयोजनाको नाममा जति दोहन गरेपनि पाइने हो ? कुनै आयोजना भन्यो अनि खोलको बीचमा डोजर चलाउन पाइने तर हामीले राज्यको नियम कानुन मानेर काम गर्छौं भन्दा नपाइने हो ?’

गण्डकी क्रसर उद्योग व्यवसायी संघमा अवद्ध क्रसर उद्योगहरु तत्कालिन ऐन कानुन अनुसार २०७० अगाडि नै दर्ता भएकाले ति उद्योगहरु बैधानिक भएको व्यवसायीको दाबी छ । आफूहरुले तत्कालिन कानून अनुसार दर्ता दर्ता गराएको तर, पछि सरकारले सम्भव नै नहुने मापदण्ड ल्याएको उनीहरुको आरोप छ । त्यो मापदण्ड अनुसार कुनैपनि उद्योग सञ्चालन गर्न सम्भव नरहेको उनीहरुको भनाई छ । राज्यले नै विभिन्न लुपहोल राखेर व्यवसायीलाई अबैधढंगले चल्न लगाएको उनीहरुले आरोप लगाए ।

अध्यक्ष सुरेन्द्र त्रिपाठीले अहिले एकातर्फ प्रमुख जिल्ला अधिकारीले पत्र काटेर आफूहरुका उद्योग बन्द गर्न लगाउने अनि अर्कोतर्फ फलानो आयोजनालाई समग्री दिनु भनेर पत्र काट्ने काम गरेको जानकारी दिए । ‘एकातर्फ हाम्रो उद्योगहरु बन्द गर्न भनेर स्वयम सिडिओ सब पत्र काट्नुहुन्छ । ताला लगाउनुहुन्छ, अर्को तर्फ फेरि पत्र काटेर फलानो आयोजनालाई सामग्री उपलब्ध गराइदे भन्नुहुन्छ । हाम्रा कार्यालय बन्द छन् । कसरी चलानी र बिल काट्ने । उहाँहरु हामीलाई गर्न खोज्नुभएको के हो, त्यो थाहा भएन’ उनले भने ।

सचिव छत्रधर आत्रेयले मुल्य र मापदण्ड कार्यान्वयन गर्न राज्य तयार नभएको आरोप लगाए । मुल्य र मापदण्ड स्पष्ट पार्दा कर्मचारी आउने बाटो नै बन्द हुनेभएकाले अस्थिर राखिरहन चाहेको उनको टिप्पणी थियो । नियम अनुसार दर्ता भएको उद्योग बन्द गर्दा भएको क्षतिपूर्ति सरकारले दिनुपर्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले गृहमन्त्री र गृहमन्त्रालयले नै अहिले डनशैलीले अगाढि बढेको आरोप लगाए । उद्योग मन्त्रालयले पत्र लेखेर मात्र गृहमन्त्रालयले क्रसर सम्बन्धि निर्णय लिनुपर्नेमा गृहमन्त्री आफैले डनशैलीले विधिको शासन विपरित उद्योगहरु बन्द गराएर देशलाई आर्थिक रुपमा नै धरासाय बनाउन खोजेको उनको भनाई छ ।

उनले गृहमन्त्री र गृहमन्त्रालयलाई आफ्नो दायरामा बस्न समेत चेतावनी दिएका छन् । उद्योग वाणिज्य महासंघले कार्यविधि र आचारसंहिता परमार्जनका लागि पहल गरेको भएपनि कर्मचारी आफैले आजिवन दोहन गर्नेगरी कानुन निर्माण गर्नेगरेको उनको आरोप छ ।

क्रसर तथा खानी उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष लीलाधर बरालले अहिले क्रसर उद्योग बन्द गरेका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा विकास आयोजना सम्पन्न गर्ने समय दुई वर्ष पछाडि धेकेलिने विश्लेषण सुनाए । उनले देशभर ६८० खानी तथा क्रसर उद्योग दर्ता रहेका जानकारी दिँदै उनले त्यसमा खरबौंको लगानी रहेको बताए । एउटा उद्योमा ५० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेको उनको भनाई थियो ।

निर्माण व्यवसायी महासंघ गण्डकीका अहिले ३० वटा विदेशी ठेकेदार कम्पनीले लिएका ठूला आयोजना ठप्प रहेको भन्दै नेपाली ठेकेदारले लिएका कुनैपनि आयोजना सञ्चालनमा नरहेको बताए । जसका कारण मेशिन औजार, व्यवसायी र मजदुर सबैलाई मर्का परेको उनको भनाई छ ।

अहिले मेशिन औजार, व्यवसायी र मजदुर सबै बेरोजगार बन्दा समग्र देशलाई नै आर्थिक भार थोपरिएको कुरा कसले बुझ्ने हो भन्दै उनले जिम्मेवारित्व बहन गर्न समेत सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

राष्ट्र बैंकको तथ्यांक भन्छ,‘सरकारसँग अझै ६.७ महिनाको आयात धान्ने डलर छ’

आज कति पुग्यो डलरको भाउ (सूचीसहित)

पृथ्वी राजमार्ग सडक विस्तार समयमै सक्न महानगरको चासो, सहजिकरण समिति बन्यो

पृथ्वी राजमार्ग सडक विस्तार समयमै सक्न महानगरको चासो, सहजिकरण समिति बन्यो

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज श्री पंचमी, विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदै

रविको पहिलो निर्णय निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

गृहमन्त्री रविको मुद्दा हेर्दाहेर्दैमा

आन्तरिक स्रोत बृद्धि गर्ने अर्थमन्त्री सुन्दासको योजना

आन्तरिक स्रोत बृद्धि गर्ने अर्थमन्त्री सुन्दासको योजना

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.